जल/वातावरण

कोरोना संक्रमित संख्या चार हजार नाघ्यो : मंगलबार थप ३ सय २३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कुल संख्या ४ हजार ८५ पुगेको हो ।

मंगलबार इलाममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।

मंगलबार ९६ जना डिस्चार्ज भएका छन् भने योसंगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा मंगलबार विहान चितवन –११ का एक कोरोना सङ्क्रमित पुरूषको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.