२०७५ जेठ २ मा कायम रहेको स्थायी समितिको बैठक बोलाउन वामदेवको प्रस्ताव
नेकपा एमालेका उपाध्यक्ष वामदव गौतमले पार्टी एकता कायम राख्न २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बोलाएर छलफल गर्न प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले जेठ २ मा फर्कन तयार रहेको विज्ञप्ति जारी गरेलगत्तै गौतमको संयोजकत्वमा रहेको एकता अभियान समितिका सदस्यको बैठक बसी सो प्रस्ताव गरेको हो । अभियानको उक्त बैठकपछि गौतमले मंगलबार विज्ञप्ति जारी गरी सो प्रस्ताव गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छ- “छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले)को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क।केपी ओलीसमक्ष हार्दिक अनुरोध गर्दछ” ।
त्यस्तै प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी ओलीले एकताका लागि इमान्दार प्रयत्न नगरेको ठहर गरेको भए पनि २०७५ जेठ २ मा लैजाने प्रतिबद्धताको भनेन स्वागत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगायत कुटील चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न १ मा नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर, सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ’ ।
हेर्नुहोस् गौतमको प्रस्ताव
प्रतिक्रिया राख्नुहोस्