अर्थ

कतार एयरबाट आएका यात्रुको सुन तस्करीको नयाँ तरिका

नेपालमा सुन तस्करी रोक्ने जति उपाय अपनाइन्छ तस्करहरु उती नयाँ नयाँ तरिका अपनाइरहेको र सुन तस्करी नरोकिएको पाइएको छ । यसै क्रममा बिहिबार एक यात्रुले शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको फेला परेको छ ।

समाचार अनुसार कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको छ ।

विमानस्थल भन्सार प्रमुख महेश भट्टराईकाा अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।

उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६.५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.