क्रिकेटखेल

टी-२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ४ विकेटले पराजित

टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

टी-२० विश्वकप

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । नेदरल्यान्ड्सक लागि स्याब्रान्ड एंगलब्रेचले ४० रन बनाए भने लोगन भान बेकले २३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले १२ र कप्तान स्कट एडवार्डले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि ओटनेइल बार्टम्यानले ४ विकेट लिए भने मार्को जनसेन र एनरिच नोर्तजेले समान २-२ विकेट हात पारे ।

नेदरल्यान्ड्सले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ७ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्‍यो । १२ रन जोड्दा ४ विकेट गुमाएपछि दक्षिण अफ्रिकी इनिङ डेभिड मिलर र ट्रिस्टन स्ट्बसले उकासेका थिए । मिलरले ५९ रनको अविजित अर्धशतकीय पारी खेले भने ट्रिस्टन स्ट्बसको ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । नेदरल्यान्ड्सका लागि भिभन किंग्मा र लोगन भान बिकले समान २-२ विकेट लिए ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.