राजनीति

गाँजा खुलाउन र खेती गर्न एक महिनाभित्र नियमावली बनाइने

सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटमार्फत औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने घोषणा गरेसंगै गृह मन्त्रालयले आउँदो एक महिनाभित्र नियमावली बनाउने भएको छ ।

गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने र यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको बताउनुभएको हो ।

प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा गृहमन्त्री लामिछानेले गाँजा खेती अध्ययन गर्न बनेको समितिले छिटै प्रतिवेदन दिने बताउनुभयो ।

छलफलमा गृहमन्त्री लामिछानेले गाँजा खेतीका लागि कानुन बनाउने नेतृत्व गृह मन्त्रालयले नै गर्ने बताउँदै लागुऔषध दुर्व्यसनी बढेको तर यसमा गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको पनि जानकारी दिनुभयो ।

त्यस क्रममाा उहाँले गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना चलाउने बताउँदै लागुऔषध दुर्व्यसनमा फसेकालाई अर्को मौका दिने हो, तर कारोबार गर्नेलाई छुट दिने कुरा नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.