राजनीति

रास्वपा नवलपुरको सभापतिमा भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित हुनभएको छ । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उहाँ सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिनुभयो ।

प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित हुनुभएको छ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.