राजनीति

सेवा प्रवाह सुधार र विचौलिया नियन्त्रणमा सरकारको कदम सकारात्मक

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार केही हदसम्म कटिबद्ध रहेको देखिएको उल्लेख गर्दै सुशासनका राम्रा अभ्यासहरू अघि बढिरहेको टिप्पणी गर्नुभएको छ।

सरकारले सुशासन, सेवा प्रवाह सुधार र विचौलिया नियन्त्रणका क्षेत्रमा सकारात्मक कदम चालेको दावी गरिरहँदा विपक्षी दलहरूले सरकारमाथि निरन्तर आक्रमण र आलोचना जारी राखेका बेला यादवको यस्तो टिप्पणी आएको हो ।

मंगलबार अवध पत्रकार संघ केन्द्रीय समितिले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा जनताको पहुँच अझै सहज र प्रभावकारी बन्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

अध्यक्ष यादवले मुलुकमा गरिबी र बेरोजगारी गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान अझै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले ‘जेनजी’ पुस्ताले उठाएका परिवर्तनका मुद्दाहरूलाई पनि राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।

यता, सरकारका पक्षमा केही सुशासन सुधार, डिजिटल सेवा विस्तार, तथा प्रशासनिक प्रक्रियामा सुधारका प्रयासहरू अघि बढाइए पनि विपक्षी दलहरूले भने यी प्रयासलाई पर्याप्त नभएको भन्दै निरन्तर आलोचना र आक्रमण जारी राखेका छन्। विपक्षीहरूले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र आर्थिक अवस्थाबारे प्रश्न उठाइरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सरकारका सुधार प्रयास र विपक्षीको दबाबबीचको यो बहस आगामी दिनमा अझ तीव्र हुने देखिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.