राजनीति

सरकारद्वारा २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध (सूचीसहित)

नेपाल सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाउने सूचना प्रकाशित गरेको छ । सोमबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाउने जनाएको हो ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो ।

हड्ताल गर्न नपाउनेमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ,अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.