जन सरोकार

घटेको एक हप्तामै बढ्यो पदार्थको मूल्य

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हप्ता दिनभित्रै नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगम

निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ ।

त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.