राजनीति

सत्ता गठबन्धनलाई हराउँदै कांग्रेसका बागी शाही निर्वाचित

जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी हुनुभयो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्रबाट निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुनुहुन्छ । उहाँलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ । जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो ।

एघार वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाताले मतदान गरेका थिए ।

यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्तागठबन्धनलाई हराउँदै नेकपा ९एमाले०का उम्मेदवार केशवबहादुर शाही निर्वाचित भनुभयो । उहाँले ११ मत प्राप्त गरेर विजयी हुनुभयो । गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका कविता गिरी ११ मत, कोकिला खड्का ११ मत र पूर्णा विक ११ मत ल्याई निर्वाचित हुनुभयो । दलित वा जिल्ला समन्वय समितिको तीन जना महिला सदस्यमा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभयो ।

यस्तै तीन जना सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अङ्गबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डाँगी ११ मतसहित विजयी हुनुभयो । सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मतसहित विजयी हुनुभयो । अल्पसङ्ख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button