अर्थ

विदेशी मुद्राको संचिती मात्र नौ अर्ब २८ करोड अमेरिकी डलर

नेपालमा विदेशी मुद्राको संचिती निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१ प्रतिशतले कमी आएको छ ।

२०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा रु ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति मात्रै नौ अर्ब २८ करोड अमेरिकी डलर बराबर कायम भएको छ ।

२०७८ असार मसान्तमा अमेरिकी डलरमा सञ्चिति ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई नौ अर्ब २८ करोड कायम भएको हो ।

त्यस्तै कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८।३ प्रतिशतले कमी आई रु १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले कमी आई रु एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ ।

त्यस्तै २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ । चालु आवको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७।३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.