विश्व समाचार

पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उहाँलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो ।

ट्रम्प

राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उहाँकाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो । यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ । राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उहाँ पहिलो अमेरिकी पूर्वराष्ट्रपति बन्नुभएको छ ।

“भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,”पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ । आगामी मङ्गलबार आफूलाई मियामीको सङ्घीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उहाँले उल्लेख गर्नुभएको छ । आफ्नो ७७ औँ जन्मदिनको अघिल्लो दिन उहाँ अदालतमा हाजिर हुनुपर्नेछ ।

पूर्व राष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उहाँको भनाइका बारेमा कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि उहाँका कानुन व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.