डडेल्धुराका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाको नेतृत्वमा रहेको सुरक्षित मातृत्व सञ्जालले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट बच्न तथा सर्तकता अपनाउनका लागि डडेल्धुराका स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मङ्गलबार डा. राणाले जिल्लाका सात वटै स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तातरण गर्नुभएको हो ।
उहाँले जिल्लाका सात वटै स्थानीय तहका १२ बर्थिङ सेन्टर, दुई सुरक्षा निकाय र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको रुडूक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार बर्थिङ सेन्टरलाई २४ थान पिपिइ सेट, ६० लिटर स्यानिटाइजर, १२ थान थर्मलगन, २४ प्याकेट पञ्जा, तीन हजार थान मास्क, २४ जोडी गमबुट, ४८ थान एन–९५ मास्क, २४० थान साबुन, एक हजार १५२ थान स्यानिटरी प्याड र चार हजार ८०० थान सिटामोल मेट्रो औषधि सहयोग गरिएको हो ।
यसैगरी सुरक्षा निकायलाई पिपिइ सेट चार, स्यानिटाइजर पाँच लिटर, थर्मलगन दुई थान, पञ्जा दुई प्याकेट, गमबुट चार जोडी, एन–९५ मास्क आठ, साबुन ४० थान, औषधि सिटामोल ८०० थान र स्यानिटरी प्याड ९६ थान सहयोग गरिएको हो भने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई पिपिइ सेट १६, स्यानिटाइजर २० लिटर, थर्मलगन दुई, पञ्जा १० प्याकेट, पेपर मास्क दुई प्याकेट, गमबुट चार जोडी, एन–९५ मास्क १०० थान, साबुन १४० थान, स्यानिटरी प्याड १९२ थान र औषधि सिटामोल ८०० थान नेतृ देउवाले हस्तान्तरण गरिएको निर्देशक खड्काले जानकारी दिनुभयो ।
यसअघि नेपाली काँग्रेसका सभापति देउवाले केही दिनअघि मात्र १४० क्विन्टल चामलसहित ठूलो मात्रामा खाद्यान्न राहतस्वरुप पठाउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्