जल/वातावरण

स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल

कोरोना भाइरस संक्रमणबाट बचाउन र संक्रमितहरुको उपचारमा आयुर्वेदिक औषधि प्रभावकारी रहने दावी प्रस्तुत भैरहेका बेला सरकारले ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन गरेको छ ।

केही दिन अघि मात्रै हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोनाको खोप बनाएको दावी र विश्व स्वास्थ्य संगठनले परीक्षणको अनुमति समेत दिएको समाचार बाहिरिएका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित १३ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट सो कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गर्दै आउनुभएका बेला मन्त्रालयले यो कार्यदल गठन गरेको हो ।

कार्यदलमा विशेष सदस्यमा प्रा डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा खेमबहादुर कार्की, सदस्यहरुमा मन्त्रालयका डा रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका प्रमुख डा सन्तोष ठाकुर, आयुर्वेद क्याम्पसका प्रमुख डा शिव मङ्गल, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पतालका प्रमुख डा प्रदीप केसी, आयुर्वेद चिकित्सा अस्पतालका कार्यकारी निर्देशक डा राजकिशोर साह हुनुहुन्छ ।

यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक रामआधार यादव, आयुर्वेद चिकित्सक सङ्घका डा प्रकाश ज्ञवाली र सदस्यसचिवमा मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा बाबुराजा अमात्य रहनुभएको मन्त्रालयका स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारी जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.