गण्डकीप्रदेश

मुख्यमन्त्रीमा गुरुङ र विपक्षी गठबन्धन दुबैको दावी

गुरुङको दावीपछि पोखरेलको पक्षधर विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुख कार्यालयमा धर्ना

पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि गण्डकी प्रदेश मुख्यमन्त्रीबाठ पदमुक्त हुनुभएका पृथ्वी सुब्बा गुरुङले शनिबार बहुमतको मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

मुख्यमन्त्रीममाथि विश्वासकोमत लिन गुरुङ असफल भएपछि बहुमतको सरकार गठनका लागि आव्हानभए अनुसार शनिबार एमाले गण्डकी प्रदेश संसदीय दलका नेताको हैसियतमा गुरुङले पनि दाबी पेश गर्नुभएको हो ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गर्नुभएको हो । जसपा र जनमोर्चाको समर्थनमा दाबी पेश गरिएको गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभएको छ ।

यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

यसबीच नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनौ धर्ना दिएका हुन् ।

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनले शुक्रबार नै मुख्यमन्त्री नियुक्ति होस् भन्ने चाहेको थियो । तर प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्म समय रहेकाले त्यसपछि निर्णय लिने बताउनुभएको थिो

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button