राजनीति

प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले ग्रामीण क्षेत्रमा स्थापित यस प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश र स्थानीय पालिकाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति डा यादवले प्राविधिक शिक्षा हासिल गरेपछि सिकेको ज्ञान र सीपलाई राष्ट्रको बृहत्तर हितमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सीटीईभीटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । उक्त शिक्षालय तीन बिघा क्षेत्रफलमा रहनुका साथै विभिन्न विधामा ५०० विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रमुख सन्तबहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.