राजनीति

सन्दीप विश्वकप खेल्न गएपछि सांसदलाई छटपटी

अमेरिका र वेस्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा पूरा सहभागिता जनाउन नपाए पनि दुई खेलमा सहभागी हुन सन्दीप लामिछाने वेस्ट इण्डिज गएपछि केही सांसदलाई छटपटी बढेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट सङ्घ (क्यान)भित्र अनियमितता भएको र सन्दीपलाई खेलाउन राम्रो खेलाडी हटाएको बताउँदै छानबिन गर्न माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा भइरहेको आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा क्यानले सन्दिप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेकोआरोप समेत लगाउनुभयो ।

उहाँले वेस्ट इण्डिजमा हुने खेलमा राम्रो खेलाडीलाई हटाएर सन्दीप राखेर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गर्नुभयो ।

सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भिआइपी पास’ पनि अवैध रुपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.