राजनीति

जसपाले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ । सो पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराउनुभएको छ । उक्त विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ ।

संसद्मा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.