के स्वार्थले आए विदेशी नागरिक सरकार बिरोधी प्रदर्शनमा ? के भन्छ संविधानले ??
केही दिनयता काठमाडौं लगायत देशका विभिन्न भागमा सरकार बिरोधी प्रदर्शन जारी छ र लकडाउनका बेला सामाजिक दूरी कायम नगरेको र भीड खडा गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारिरहेको छ ।
सो प्रदर्शनमा विदेशीको समेत सहभागिता रहेको पाइएपछि यसमा ठूलो राजनीतिक षड्यन्त्र भैरहेको टिप्पणी सत्ता निकटहरुबाट भैरहेको छ ।
शनिबार सो आरोपलाई पुष्टि गर्ने गरी माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका सातजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपालमा रहेका विदेशीले राजनीतिक गतिविधिमा सहभागी हुन पाउने कि नपाउन भन्ने बहस सुरु भएको छ ।
नेपालको संविधानले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन र देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनेगरी टिप्पणी गर्न बन्देज गरेको छ । कुनै पनि मुलुकको राजनीतिक आन्दोलनमा विदेशबाट नैतिक समर्थन हुने कुरा सामान्य मानिए पनि नेपालमा भने एकाएक सरकार बिरोधी प्रदर्शन सुरु भएको र त्यसमा विदेशीको सहभागिता हुनुलाई गम्भीर रुपमा अनुसन्धान हुनुपर्ने देखिएको छ ।
शनिबार माइतीघरबाट तीनजना नेपालीसहित १ अमेरिकन, १ क्यानडियन, ३ चाइनिज, १ नर्वेजियन, १ अस्ट्रेलियन नागरिक रहेका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले उनीहरूले प्लेकार्ड बोकेर आएका हुनाले पक्राउ गरिएको बताउँदै तीन नेपाली नागरिक भने केहीबेरमै छुट्ने जानकारी दिनुभयो ।
एसएसपी ज्ञवालीले उनीहरू किन आए भन्ने कुरा अनुसन्धान भैरहेको र बाहिरी मुलुकमा गएर प्रदर्शन गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा अनुसन्धान हसने र त्यसपछि मुद्दा चल्ने कि नचल्ने थाहा हुने बताउनुभयो ।
मंगलबारदेखि विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका युवाहरूले शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण तरिकाले प्रदर्शन गरेका हुन् । उनीहरूले पूर्ण रूपमा पिसिआर गर्नु पर्ने, आरडिटी बन्द गर्नु पर्ने, कोरोना नियन्त्रणमा खर्च विवरण सार्वजनिक गर्न पर्ने, व्यवस्थित क्वारेन्टिन बनाउन पर्ने लगायतका मागहरू राख्दै प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्