जन सरोकार

सुन जस्तो पहेँलो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ

सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् । उनीहरूले पोखरा महानगरपालिका-८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुनजस्तो धातु देखाई प्रलोभनमा पारी उक्त रकम लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र धातुसहित सोही महानगरपालिका-१७ बरको बोटबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.