जापान

राप्ती समाजको अधिवेशन जुलाई ११ तारिख हुने

राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार, व्यवसाय, अध्ययन, रोजगारीमा संलग्नहरूको साझा संस्था राप्ती समाज जापानको तेस्रो अधिवेशन आउँदो जुलाई ११ तारिख आइतबार हुने भएको छ ।

समाजका अध्यक्ष युवराज रेग्मीले अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडि बढिरहेको र जापानका विभिन्न क्षेत्रमा रहनुभएका सम्पूर्ण राप्तीबासीहरुलाई सक्रिय उपस्थिति भएर सफल बनाउन हार्दिक आह्वन गरिएको जानकारी दिनुभयो ।

जापानमा कृयाशील अन्य संघ संस्था जस्तै यो संस्थाले पनि सामाजिक कार्यहरु गर्दै आएको छ । २०१३ मा गठन भएर यस संस्था सामाजिक काममा सधै सक्रिय रुपमा अगाडी बढिरहेको महासचिव प्रकाश ओलीले जानकारी दिनु भयो ।

जापानमा रहनुभएका राप्तीबासी एक आपसमा परिचित भएर आपसी दुःख, सुख, सरसहयोगको साटासाट गर्ने हाम्रो संस्कृति– हाम्रो पहिचाहन” भन्ने भावनाका साथ राप्ती अंचलका विभिन्न चाडपर्व, संस्कृतिहरु जापानमा सामुहिक रुपमा मनाउने संस्कारको विकास गर्ने, साथै जापानमा पनि आफ्नो कला, संस्कृतिको परिचय दिइ पर्यटन प्रबर्द्धनमा भूमिका खेल्ने संस्थाको उद्देश्य रहेको छ ।

विशेष गरी राप्ती अंचलका विकासको पहुँच भन्दा बाहिर रहेका ठाउँमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा आर्थिक विकासमा सहयोगि भूमिका खेल्ने, राप्तीमा भैपरी आउने बिभिन्न मानवीय सहयोग कार्यमा सकृय भूमिका निभाइनुका साथै जापानमा रहनुभएका सम्पूर्ण संघ सस्थासँग सहकार्य गर्दै नेपालीहरुको हकहित संरक्षण र प्रबर्धन र बिकास गर्नु संस्थाको उद्देश्य रहेको छ ।

समाजका अनुसार जुलाई ११ तारिख आइतवार चौतारो रेष्टुरेन्ट कामातामा विहान ११ बजेबाट अधिवेशन सुरु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.