राजनीति

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ ।नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै सोमबार भर्ना गरिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि आउनुभएका उहाँ चिकित्सकको सल्लाहमा नै अस्पतालमा आराम गर्नका लागि भर्ना हुनुभएको हो ।

“केही कमजोर महसुस भएपछि उहाँलाई अस्पताल ल्याइएको थियो”, उहाँले भन्नुभयो, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।”

उहाँले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने बताउनुभयो । खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.