अर्थकृषि

आँप खाने सोचमा हुनुहुन्छ ? विचार पुर्याएर किन्नुहोला

आँपको याम भए पनि बजारमाा प्राकृतिक रुपमा पाकेका आप पाउनै मुस्किल छ । नेपालमा प्रशस्त आँप उत्पादन हुने भए पनि बजारमा विषादी हालेर पकाइएका आँप छ्याप्छ्याप्ती छन् ।

विषादी हालेर पकाइएको आँप खाँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकले बताउँछन् बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाएको आँप खाँदा स्वास्थ्यमा थप असर गर्दछ ।

विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रूपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै चिकित्सकहरुले सचेत समेत गराइहेका छन् ।

डा. गुणेश्वर झा भन्नुहुन्छ, “कार्वाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, वान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ । औषधि हालेर जवरजस्ती पकाइएको आँपले गर्मीमा थप समस्या पार्छ ।”

मानव स्वास्थ्यका लागि गम्भीर असर गर्ने र हानिकारक भए पनि आँप उत्पादनन हुने तराईका बजारहरुमा मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप खुलेआम बिक्री वितरण भइरहेको छ ।

सरोकारवाला निकायले बेवास्ता गर्दा सर्लाहीको मलङ्गवा, बरहथवा, हरिवन, लालबन्दी, बयलवासलगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।

देशकै सबैभन्दा ठुलो सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रकै अगाडि विषादी हालेर पकाइएको आँप खुलेआम बिक्री भइरहेको छ ।

बागवानी केन्द्र अगाडिको पूर्व पश्चिम राजमार्ग किनारमा बसेका आधा दर्जन बढी व्यापारीले विषादी हालेर पहेँलो हुने गरी पकाएको आँप बागवानीको भन्दै खुलेआम बेचिरहेका हुन् ।

जब कि बागवानीको आँप अहिलेसम्म बाहिर बिक्री गरिएकै छैन । बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले सडक किनारमा राखिएको आँप बागवानी के

तर बजारमा बागवानीको आँप भनेर विक्री भैरहेको छ । बागवानीको आँप भनेर त्यसरी औषधि हालेर पहेँलपुर हुने गरी पकाएको आँप बेच्दा बागवानीलाई ठुलो हानिपुगिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.