निर्देशिका कार्यान्वयन गरिए जथाभावी गर्न नपाउने भएपछि…
शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१’ लाई कार्यान्वयन गर्नुपर्नेहरुले चुनौति दिएका छन ।
मन्त्रालयको निर्देशिकालाई नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले कार्यान्वयन नगर्ने भन्दै मन्त्री सुमाना श्रेष्ठको ध्यानाकर्षण गराएका हुन ।
नपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुधबार पत्र पठाइ उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनकोे प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन् ।
सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गर्नुभएको पत्रमा स्थानीय गाउँ÷नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।
यही जेठ २९ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सोही विषयमा आयोजना गरेको सरोकार भएकाहरु बिच भएको छलफलमा निर्देशिकामा असहमति व्यक्त गरिएको थियो । सो महासङ्घका अध्यक्ष गुणराज मोक्तानले यसबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्