जन सरोकारस्वास्थ्य

गर्मीमा रक्तदान गर्दा केही असर हुन्छ ?

गर्मी बढेसंगै विभिन्न रोग फैलने र रगतको अभाव बढी हुने हुँदा याममा रक्तदानको अभियान चल्छ । तर, कतिपयलाई गर्मीमा रक्तदान गर्दा असर गर्छ भन्ने मान्यता रहेको छ ।

तर चिकित्सकहरु भने गर्मीमा रक्तदान गर्दा कुनै असर नगर्ने भए पनि नियमित रक्तदान गर्नेहरुले गर्मीमा रक्तदान नगर्दा रगतको अभाव हुने गरेको छ ।

यस्तै अवस्था रहेको छ भरतपुर अस्पतालमा गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो । अस्प्तालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेल गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्ठ्यारो नपर्ने बताउनुहुन्छ ।

रक्तदानअति महत्वपूर्ण भएको भन्दै उहाँले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गर्नुभयो । कुनै रोग विशेषका कारणबाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा पौडेल बताउनुहुन्छ ।

उहाँले थप्नुभयो, “जटिल प्रकारका रोगबाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ । महिलामा विशेष परिस्थिति हुन्छ, जस्तै महिनावारी, गर्भवती, सुत्केरी एवं स्तनपान गराउनेबाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दीर्घरोग वा अन्य विशेष परिस्थितिमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो ।”

नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भन्नुभयो, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन ।”

एक स्वस्थ व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने उहाँको भनाइ छ । उहाँले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महसुस गर्ने, रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गर्नुभयो ।

कमजोरी हुन्छु की, प्रेसर घट्छ की भन्ने कुरा मनैबाट हटाएर उहाँले मिल्ने जतिले रक्तदान गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.