जन सरोकार

पाण्डेबिरुद्ध दुईवटा अभियोगमा मुद्दा दायर

आठ वर्षअघि सुन्दरी प्रयोगिताका सहभागी एक युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध मुद्दा दायर भएको छ।

बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता गराएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलले पाण्डेबिरुद्ध दुई वटा मुद्दामा अभियोग पत्र दर्ता गराएको जानकारी दिंदै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको जानकारी दिनुभयो ।

पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया (तत्कालीन समयमा) किशोरीलाई बलात्कार गरेको आरोप छ । उनले जेठ पहिलो साता आफूमाथि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । बलात्कारको घटनामा हदम्याद सकिएको हुँदा समितिले विज्ञहरूसँग छलफल गरेको थियो ।

त्यसपछि मानव बेचबिखनको कसुरमा मुद्दा अघि बढाउन सक्ने राय दिएपछि प्रहरीले त्यसअनुसार अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धान कार्यालयको प्रहरीले पाण्डेलाई जेठ ७ स्वयम्भूबाट पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनलाई जिल्ला परिसर काठमाडौं बुझाइएको थियो।

पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन् ।

पाँच वर्षअघि छात्रा बलात्कार गर्ने प्रिन्सिपल पक्राउ

सौन्दर्य प्रतियोगिता आयोजक पाण्डे पक्राउ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.