जन सरोकार

बाढी पहिरो प्रभावित क्षेत्रको घरको बीमा गरिने

हरेक वर्ष मनसुन सुरु भएसंगै बाढी, पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ ।

विगत दुई दिनयता देशका विभिन्न भागमा बाढी, पहिरोबाट ठूलो जनधनको क्षति भएपछि बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बिमा गर्ने निर्णय भएको समितिका सचिव एवं सह प्रवक्त वेदनिधि खनालले जानकारी दिनुभयो ।

बैठकले द्रुत लेखाजोखा गाइड लाइन संशोधन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि वित्तीय व्यवस्थापनको रणनीतिको प्रतिया अगाडि बढाउने, सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।

कार्य योजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायत संयुक्त प्रयासमा तीन महिना लगायर बनाएको विपत प्रतिकार्य योजनालाई बैठकले पारित गरेको छ । मेलम्ची र मनाङलगायतका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समेत बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.