नेपालमा लागूपदार्थ ओसारपसारको अन्तर्राष्ट्रिय जालो
एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको हेरोइनसहित सात दक्षिण अफ्रिकन महिला पक्राउ
नेपाल लागूपदार्थ ओसारपसारको अन्तर्राष्ट्रिय जालोमा त पर्दै गएको छैन भन्ने प्रश्न हालैको एक घटनाले पुष्टि गरेको छ । हालै मात्र १ अर्ब रुपैयाँभन्दाबढी मूल्यको हेरोइनसहित सात विदेशी महिला पक्राउ परेबाट यस्तो आशंका उत्पन्न भएको छ ।
नेपाल प्रहरीका लागूऔषध नियन्त्रण ब्यूरोले ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
ब्यूरोका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विभिन्न स्थानबाट ५१ केजी हेरोइनसहित सातजना दक्षिण अफ्रिकन महिलालाई पक्राउ गरेको हो । हेरोइनमध्ये ४९ किलो सेतो र दुई किलो खैर रहेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्साबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केल तान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजना कोफ र मार्लिज बोडेनहोस्ट रहेका छन् ।
पक्राउ परेका सबैजना उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट साता दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्