राजनीति

सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत हुनुहुन्थ्यो भन्नुभएको छ ।

प्रधानमन्त्री

सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गर्नुभएको बताउनुभयो ।

“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।”

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.