जन सरोकार

प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल कालापानी प्रस्थान

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो ।

दुवै युनिट निरक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँहरु काठमाडौंबाट स्काई ट्रकबाट धनगढीसम्म प्रस्थान गर्नुभएको र धनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जानुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.