जन सरोकार

डेक्सामेथासोनले बचायो भाइरसबाट गम्भीर भएका बिरामी, विश्वमा पलायो नयाँ आशा

बेलायतमा डेक्सामेथासोन नामक बाध र दमका बिरामीलाई दिइने औषधिले कोरोना भाइरस संक्रमणबाट गम्भीर बनेका बिरामीको ज्यान बचेसंगै विश्वमाा नयाँ खुसी छाएको छ । बेलायतका बैज्ञानिकहरुले यो औषधी प्रयोग गरी ती गम्भीर बिरामीको ज्यान बचाएको जानकारी दिएका छन् ।

सन् १९६० को दशकदेखि बाथ र दमको उपचारमा डेक्सामेथासोन औषधी प्रयोग हुँदै आएको छ । यो औषधीको निकै थोरै मात्रा बिरामीलाई खुवाइएको र त्यसपछि बिरामीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका हुन् ।

संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विशेषज्ञहरूले गम्भीर बिरामीको उपचारका लागि डेक्सोमेथासोनको प्रयोग तत्कालका लागि कोरोना संक्रमितका लागि उपयोगी हुनसक्ने उनीहरूको भनाई छ । बीबीसीका अनुसार गम्भीर स्थितिमा पुगेका र भेन्टिलेटरमा राखिएका बिरामीले ज्यान गुमाउन सक्ने जोखिमलाई यो औषधी प्रयोगले एक तिहाइसम्म कम गर्न सक्ने उल्लेख छ ।

कोरोना संक्रमण फैलन शुरु हुँदै गर्दा बेलायतमा यो औषधी प्रयोग गरिएको भए कम्तिमा पाँच हजार मानिसको ज्यान बचाउन सकिने देखिएको शोधकर्ताहरूले अनुमान गरेका छन् । यो औषधी सस्तो पनि भएकाले आर्थिक रुपमा विपन्न मुलुकका नागरिकले समेत खरिद गर्न सक्छन् ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले अस्पतालमा भर्ना गरिएका दुई हजार संक्रमितलाई यो औषधी दिएका थिए । औषधी नखुवाइएका अन्य चार हजार मानिसहरूको स्वास्थ्य अवस्थासँग औषधी खुवाइएका मानिसहरूको स्थिति तुलना गरिएको थियो । भेन्टिलेटरको सहारामा जिवितै रहेका बिरामीलाई यो औषधी खुवाएपछि कोरोनाको जोखिम ४० देखि २८ प्रतिशतसम्म घटेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.