क्रिकेटखेल

टी-२० विश्वकप : ब्याटिङ नचल्दा नेपाल बंङ्गलादेशसँग पराजित, जितविहीन रहँदै टुंग्यायो विश्वकप यात्रा

आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । सोमबार बिहान भएको खेलमा नेपाल बङ्गलादेशसंग २१ रनले पराजित भएको हो ।

जितसँगै बंङ्गलादेश सुपर ८ मा पुगेको छ । योसँगै नेपाल २०२४ को टी-२० विश्वकपमा जित विहीन रहँदै विश्वकप यात्रा टुंगाएको छ ।वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बङ्गलादेशले १९ ३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो । बङ्गलादेशका लागि शाकिब अल हसनले बलमा १७ रन बनाए भने मोहम्मदुल्लाहले १३ रन जोडे । त्यस्तै रिसाद होसेनले १३ रन जोड्दा जाकेर अलीले १२ र ओपनर लिट्टन दासले १० रन बनाए ।

नेपालको लागि कप्तान रोहित पौडेल दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।

१०७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । नेपालका लागि कुशल मल्ले २७ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २५ रआसिफ शेखले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बङ्गलादेश लागि तान्जिम हसन साकिबले ४ विकेट लिए भने मुस्तफिजुर रहमानले ३ विकेट लिँदा साकिब अल हसनको भागमा २ विकेट रह्यो ।

समूह डी बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने बंङ्गलादेश ६ अंक जोड्दै समूह डी बाट सुपर आठमा पुग्ने दोस्रो टोली बनेको छ । विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.