जापान

जापानमा आफ्नै तरिकाले विकसित हुँदै ‘फादर्स डे’को परम्परा

आफूलाई जन्मदिने मातापिताको सम्मानमा विश्वभर नै विभिन्न सन्दर्भ पारेर दिवसहरु मनाइन्छ । यसरी दिवस मनाउने क्रममा जापानमा फादर्स डेको आफ्नै परम्परा रहेको छ ।

'फादर्स डे'

जापानमा फादर्स डे मनाउने परम्पराको एउटा अनौठो इतिहास छ । यस दिवसका अवसरमा सूर्यमुखी फूल फादर्स डे (बुबाको दिन)का लागि लोकप्रिय उपहार भएको छ ।

जापानमा धेरै मानिसहरूले मदर्स डे अर्थात् आमाको दिनमा आफ्नी आमाहरूलाई रातो कार्नेशन दिन्छन् । भने बुबाको दिनमा सूर्यमूखी फुलले स्वागत गर्दछन् ।

फादर्स डेको उत्पत्ति संयुक्त राज्य अमेरिकाबाट भएको मानिन्छ भने जापानमा सन् १९८१ जापानमा, फादर्स डे काउन्सिल स्थापित भएको थियो ।

यसकोा स्थापना फादर्स डे परम्परा फैलाउने उद्देश्यका साथ सुरु भयो र पुरुष फेसन एकताबाट अलग भयो । अर्को वर्ष काउन्सिलले मानिसहरूलाई बुबाको दिनको लागि पहेंलो रिबनसहित उपहार प्रस्तुत गर्न आह्वान गर्न थाल्यो ।

पहेंलो रंगको पनि आफ्नै विशेषता छ । पहेँलो रंग खुशीको रङ हो र खतराबाट जोगाउन प्रयोग हुने पुरुष फेसन एकताको सचिवालयका एक अधिकारी काजुनोरी कावासाकीले बताए ।

यसरी सुरु भएको पहेंलो रिबनको साथ उपहारहरू प्रस्तुत गर्ने चलन विस्तारै जापानी समाजमा जरा गाडेको छ र आंशिक रूपमा डिपार्टमेन्ट स्टोरहरूमा धन्यवाद अभियानमा विस्तार भएको छ ।

संयुक्त राज्य अमेरिकामा मानिसहरूले जीवित बुबाहरूलाई रातो गुलाब दिन्छन् र बुबाको दिनमा मृतक बुबाहरूको चिहानमा सेतो गुलाब राख्छन् । कावासाकीका अनुसार, अमेरिकी चलन र जापानमा फादर्स डेको लागि पहेंलो रंगको छविको मिश्रणले एसियाली देशमा पहेंलो गुलाब दिने अनौठो चलन ल्याएको बताए ।

यद्यपि, पहेंलो गुलाबको पनि ईर्ष्याको प्रतिकात्मक अर्थ छ । यस कारण फादर्स डेको उपहारको रुपमा सूर्यमुखी पहेंलो गुलाब भन्दा धेरै लोकप्रिय मानिन्छ ।

टोकियोको गिन्जा जिल्लाको सुजुकी फ्लोरिस्टका प्रमुख शिगेयुकी नान्बाले फूलको बढ्दो लोकप्रियताको सम्भावित कारणबारे भने, “सूर्यमुखीहरू चम्किलो हुन्छन् र मानिसहरूलाई प्रोत्साहन दिन्छन्, र वर्षको यो समयमा जापानमा गर्मी सुरु हुन लागेकोले तिनीहरू एक उत्तम उपहार हुन सक्छन्।”

“कुनै पनि उपहारले बुबालाई खुशी तुल्याउनेछ”, तीन छोराछोरीका बुबा कावासाकीले फादर्स डेको लागि उत्तम उपहारको बारेमा भने। “बुबा र छोराछोरीले फादर्स डेमा आफ्नो संवादलाई अझ गहिरो बनाउन सके राम्रो हुनेछ” उनले भने।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.