जल/वातावरण

हिमालपारि मनाङमा पनि पुग्यो कोरोना

आजसम्म कोरोना संक्रमण नपुगेको हिमालपारिको जिल्ला मनाङ पनि अब संक्रमण भएका जिल्लामा गनिएको छ । मनाङमा कार्यरत कपिलवस्तुका एक कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो ।

समाचार अनुसार कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए ।

उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिनुभयो । जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ ।

सम्बन्धित खबर

Back to top button