एन आर एन न्युजजापान

एनआरएनए जापान नागोयामा मनोजबम मल्ल निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको नेतृत्वमा वर्तमान उपसंयोजक मनोजबम मल्ल निर्वाचित भएका छन् ।

एक संयोजक पदमा तीनजना प्रत्यासी रहदां प्रतिनिधि छनौट निर्वाचन प्रक्रियामा पुगेको थियो। रामबहादुर खत्री अर्जुन, गंगाबहादुर घर्तीमगर तथा मनोजबम मल्लको संयोजकमा दावी परेपछि निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनौट गरिएको थियो।

निर्वाचन मत परिणाम अनुसार मनोजबम मल्लले कुल खसेको मत मध्ये ९० प्रतिशत ५२९ मत पाएर नयॅा कार्यकालका लागि संयोजक पद सुनिश्चित गरे। यता मनोज बम मल्लको उम्मेदवारी विधानसम्मत नभएको भन्दै विरोधमा उत्रिएका विपक्षका दुवै प्रत्यासीले नयॅा समानन्तर समिति समेत घोषणा गरेपनि निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिएनन। जसको परिणाम स्वरूप गंगाबहादुर घर्तिमगर र रामबहादुर खत्री अर्जुन केसीले क्रमश ३२ र २८ मत पाएका थिए ।

यस्तै नयॅा कार्यकालका लागि उपसंयोजकमा क्रमश योमन देवान र भेषनाथ गौतम (कृष्ण) निर्वाचित भए। यस्तै सचिवमा बिष्णुबहादुर कार्की, सहसचिवद्वयमा नीलम राउत र प्रवन पाण्डे निर्वाचित भए। यसैगरी कोषाध्यक्षमा यमबहादुर पाईजा र सह कोषाध्यक्षमा सरोज बडाल निर्वाचित भए।

यसैगरि चार खुल्ला सदस्य पदमा कुशल पौडेल, दलबहादुर कार्की, मित्रलाल सिग्देल र रमेश श्रेष्ठ चयन भए। भने सुजन कार्की बिधार्थी सदस्य पदमा चयन रहे।

अनलाईन भोटिङ प्रणालीबाट छनौट गरिएको नयॅा कार्यसमितिलाई एनआरएनए जापान केन्द्रीय समितिले सदर गरेपछि समानान्तर समितिको वैधानिकता सकिएको छ। मल्ल नेतृत्वको नयॅा समितिले मत परिणाम पश्चात पद तथा गोपनियताको सपथ समेत पाएकोछ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button