राजनीति

एसपिपीमा संलग्न नहुने कुरा अमेरिकालाई स्पष्ट गर्नुपर्ने

नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुन कुरा स्पष्टसंग जानकारी दिन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको हो ।

बैठकले अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिक हिस्साको रुपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएको अवगत गराउँदै त्यस्तो निर्देशनन दिएको हो ।

समितिको बैठकले अमेरिकाको उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.