जापान

जापान-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा. बलराम श्रेष्ठ

लामो समय देखि जापानमा अन्तर्रास्ट्रिय अधिवक्ताको रुपमा काम गर्दै आउनु भएका डा. बलराम श्रेष्ठ जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा चयन हुनु भएको छ ।

नेपाल र जापानबीचको व्यापार व्यवसाय विस्तार गर्दै बढीभन्दा बढी जापानी र जापानी कम्पनीहरुलाई नेपालमा लगानी गर्न तथा नेपालीहरुलाई जापानमा ब्यापार व्यवसाय गर्न प्रोत्साहन गर्ने मूल उद्दृश्यका साथ बिगत १२ बर्ष देखि ड़ा. श्रेष्ठको अग्रसरतामा जापानमा ५० भन्दा बढी ब्यबसायी कम्पनीको सहभागितामा संस्था स्थापना भएको थियो ।

जापान र नेपालको आर्थिक उन्नतिलाई गतिशील बनाउनका लागि स्थापना भएको जापान नेपाल चेम्बर अफ कमर्सले जापान र नेपालको चौतर्फी सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको छ ❘

चेम्बर स्थापनाको उद्दृश्य नेपालसंग दौत्य ब्यापार गर्ने जापानी कम्पनीहरुलाई नेपालको बजार, व्यवसया, कानुन, आयात निर्यात र सहजीकरण तथा सूचनाअदान प्रदान गरी विश्व बजारमा नेपालको उपस्थितिलाई बलियो गराउने र नेपालको उत्पाद विदेशमा प्रवद्र्धन गर्नु रहेको छ ।

जापान नेपाल चेम्बर अफ कमर्शको सल्ल्हकारहरुमा प्रधानमत्री किसिदा फुमिओ, भूमि, पूर्वाधार, यातायात तथा पर्यटनमन्त्री साइतो तेचुओ तथा पार्लियामेन्ट सदस्य हिरगुचि हिरोशी हुनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button