जन सरोकार

इनारमा खसेर दुई जनाको मृत्यु

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरास्थित तोरण विकको घरमा रहेको इनारमा खसेर सोही ठाउँ बस्ने ३२ वर्षीय विद्या प्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको सोमबार दिउँसो मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा खसेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएकोमा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.