जन सरोकार

मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । सर्लाही, बरहथवा नगरपालिका-१२ लौकट बस्ने ३५ वर्षीया लीला वती देवी महतो सोही ठाउँस्थित खाली खेतमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-५ चाँगे बस्ने ३५ वर्षीय पासाङ शेर्पा मैवाखोला गाउँपालिका-१ तेलाबुङस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका-२ पहाडीपुरस्थित बिहानी जनशक्ति सामुदायिक वनको झाडीमा सोही नगरपालिका-८ दुधा सम्झना फाँट घर भएकी ७५ वर्षीया चुन्चीरिया थारू मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता सिराहा, बरियारपट्टी गाउँपालिका-५ खोक्सी चोकस्थित पानी नभएको खाली पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता रामेछाप, रामेछाप नगरपालिका-९ हर्देनीस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बस्ती टोलस्थित सडकको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.