विश्व समाचार

लद्दाखमा भारतीय सैनिक मारिएकोमा दुःख व्यक्त गर्दै राहुल गान्धीले ५० औँ जन्मदिन नमनाउने

राहुल गान्धी

भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लाग्नुभएको छ । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उहाँले आफ्नो ५० औँ जन्म दिनका अवसरमा भने कुनै पनि कार्यक्रम नगर्ने हुनुभएको छ ।

भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको हिंसामा परी भारतका सैनिक मारिएकोप्रति दुःख व्यक्त गर्दै उहाँले आफ्नो ५० औँ जन्मोत्सव नमनाउने हुनुभएको बताइएको छ । भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो । त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।

त्यस्तै चीनका सैनिक पनि सो हिंसामा परी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको भए पनि यस विषयमा चीनका तर्फबाट भने केही आएको छैन । त्यसैले आज परेको उहाँको जन्मदिनका अवसरमा देशभरका काँग्रेसका कार्यसमिति तथा विभागहरुलाई पनि केक काट्ने या त्यस्तो कुनै पनि कार्यक्रम नगर्न भारतीय काँग्रेसले नै सूचना जारी गरेको छ ।

देशमा दिन प्रतिदिन कोरोनाको महामारीबाट नागरिकको ज्यान गइरहेको तथा उता लद्दाखमा चिनियाँ सेनासँगको झडपमा परेर आफ्ना सैनिक मारिएकोले देशमा महोत्सव गर्ने अवस्था नरहेको गान्धीले बताउनुभएको छ ।

बरु अप्ठेरोमा परेका नागरिकलाई औषधि तथा खानाका प्याकेटहरु बाँडेर उनीहरुलाई सहयोग गर्नु भनी काँग्रेस पार्टीले सूचना जारी गरेको समाचारमा जनाइएको छ ।
–––

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.