
प्रवासी नेपाली मञ्च जापानले मातहतका संगठनका नाममा जथाभाबी हस्ताक्षर नगर्न साथै संगठनको गलत दुरुपयोग नगर्न सम्बन्धित सम्पूर्णमा अनुरोध गरेको छ । ओएनएफ जापानका सचिब द्वारा हस्ताक्षरित पत्रका अनुसार “नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिनाको संघर्षबाट हुर्किएको पार्टी लाई राष्ट्रिय राजनीतिमा देखिएको केही असहजता र अन्यौलताले हामीलाई दुखि बनाईरहेको छ ।”
उसले भनेको छ पार्टी भित्र देखिएका गुट उपगुट र बिभाजन जस्ता अप्रिय श्रृंखलाको अन्त्य छिट्टै हुनेनै छ । सिंगो पार्टी र पार्टीका सबै तहका संगठनहरूलाई एकताबद्ध हुन र गराउन हामी सबैको भूमिका हुने हुदा त्यस तर्फ पनि सबैको ध्यानाकर्षण गर्दछौँ ।
२०औं राष्ट्रिय अधिवेशन बाट निर्वाचित प्रवासी नेपाली मञ्च जापानको संगठन प्रवासी नेपाली मञ्च जापान मात्र अधिकारिक संगठन भएको सन्दर्भमा दुबिधामा नपरी प्रबासि नेपाली मन्चमै आबद्ध रहि एकजुट भएर अघि बढ्न सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ ।
यस बीचमा मिति २०७८-२-१९ गतेका दिन जापानमा रहेका राजनैतिक संगठनहरुका भातृ संगठनहरुले प्रकाशित गरेको संयुक्त बिज्ञप्तिमा हाम्रो संगठनको संलग्नता नभएको र कुनै आधिकारिक नरहेको कुराको जानकारी गराएको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का बरिष्ठ नेता आदरणीय कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना साथै सिन्धपाल्चोकको मेलम्चीमा आएको प्रकृति प्रकोपमा मृत्युवरण गर्नु भएका सम्पुर्णमा हार्दिक श्रदाञ्जली र दुर्घटनामा परि उपचार गराउनु हूने सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना ब्यक्त समेत गरेको छ ।
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीले जारी गरेको बिज्ञप्ती :
प्रतिक्रिया राख्नुहोस्