स्वास्थ्य
चौबीस सय संक्रमित थपिंदा ३६ सय संक्रमणमुक्त, ३४ जनाको मृत्यु
शनिबार नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ जना र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप ३४ जनाको मृत्यु भएको छ । कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ ।
नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।
यसै गरी हालसम्म २५ लाख १९६ ले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या सात लाख ३१ हजार ६५३ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्