विश्व समाचार

गर्मीले दिल्लीको जनजीवन अस्तव्यस्त (भिडियोसहित)

भारतको राजधानी नयाँदिल्लीमा तापमान अभूतपूर्व रुपमा बढेर मङ्गलबार ४६ डिग्री सेल्सियस आसपास पुगेपछि सरकारले रेड अलर्ट जारी गरेको छ ।

सरकारले सर्वसाधारण जनतालाई दिउँसो जरुरी काम पर्दा बाहेक घरबाट बाहिर ननिस्कन भनेको छ । प्रचण्ड गर्मीको कारण यहाँका जनजीवन प्रभावित भएको पाइएको छ ।

भारतकै कतिपय ठाउँमा पानी पर्न शुरु भैसकेको भएपनि नयाँ दिल्लीमा भने वर्षा हुन सकेको छैन । यहाँको मौसम विभागले तापमान दुई तीन दिन पछि ओरालो लाग्दै जाने आकलन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.