जन सरोकार

एमबीबीएस प्रवेश परीक्षामा १२ को परीक्षा दिएर बसेकाले भाग लिन पाउने

चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने विगतको प्रावधान हटाउँदै अब १२ को परीक्षा दिएर बसेकाहरु पनि सहभागी हुन पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।

१२ कक्षाको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले प्रवेश परीक्षा लामो समयसम्म कुनुपर्ने भएकाले नतिजा नआइसकेको भए पनि यस पटकदेखि भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाइएको आयोगले बताएको छ ।

आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिंदै एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको जानककारी दिनुभयो ।

‘कक्षा १२ को नतिजाका कारण जेहेन्दार विद्यार्थीको समय अनावश्यक रुपमा क्षति हुन नदिनका लागि आयोगले यसपटकदेखि सहजीकरण गरेको हो’, काप्रीले भन्नुभयो, १२ को नतिजा आएपछि मात्रै उनीहरुको योग्यताको आधारमा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित हुनेछ ।’

सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्नेछन् । आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म तोकेको छ ।

विज्ञान विषयमा परीक्षा दिएर बसेका भए पनि नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि (पहिलो संशोधन) २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित हुनेछ ।

एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २.४ जीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनु पर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.