विश्व समाचार

२४ वर्षपछि रुसी राष्ट्रपति पुटिन उत्तर कोरियामा, सियोल र वासिङ्टनको चिन्ता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्नुभएको छ । दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्दै रुसलाई उत्तर कोरियाले गरेको समर्थनको कदर गर्दै आफूले पनि उत्तर कोरियाको समर्थन गर्ने बताउनुभएको छ ।

उहाँले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रूसी सञ्चारमाध्यमले जर्नाका छन् ।

“युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भन्नुभयो ।

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गर्नुभयो । “रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.