राजनीति

विदेशी बुहारीलाई सातवर्षपछि नागरिकता : ज्वाईलाई नदिइने नेकपाको निर्णय

अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्तावको पक्षमा उभिएको छ । नागरिकता विधेयकमा विदेशबाट विवाह गरेर ल्याइएकी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सात वर्षपछि मात्र नागरिकता दिने प्रस्तावको विपक्षमा रहेका बेला शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।

त्यसै गरी नेकपाले विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत गरेको छ ।

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेश केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो ।

सम्बन्धित खबर

Back to top button