राजनीति

निष्ठापूर्वक काम गरेमा समाज नमूना बन्छ : सभामुख

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इमान्दारी र निष्ठापूर्वक काम गर्ने इच्छाशक्ति भएमा समाजमा नमूना कार्य हुन सक्ने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाको शनिबारभर्चुअलरुपमा उद्घाटन गर्दै सभाख सापकोटाले नमूना विद्यालय निर्माणार्थ सोच र दृष्टिकोण नमूना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले अहिले मुलुकमा अहिले देखिएको कोरोना महामारी, राजनीतिक समस्या र बाढी पहिरोको संकटलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था आएको पििन बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले सम्भ्रान्त र कमजोर वर्गले पढ्ने दुईखाले शिक्षा प्रणाली कायम रहेसम्म शिक्षामा समानता नआउने बताउनुभयो ।

पूर्वशिक्षामन्त्री एवं नेकपा ९एमाले० का नेता डा गङ्गालाल तुलाधरले शिक्षासम्बन्धी संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयासलाई सरकारले कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाइमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपाल ग्लोबल र डिजिटल युगमा परिवेश गरिसकेको तर नमूना विद्यालयका नाममा प्राज्ञिक अंक ल्याउने काम मात्र भएको टिप्पणी गर्नुभयो । नेपाल सरकारले ४२२ सामुदायिक विद्यालयलाई नमूनामा रुपान्तरण गर्न अनुदान दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.