अर्थ

आजदेखि पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ

नेपालमा पेट्रोलियम पदार्थमा व्यापक मूल्यवृद्धि गरिएको छ । आजदेखि लागू हुने गरी नेपाल आयल निगमले गरेको मूल्यवृद्धि अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ कायम भएको छ ।

नेपाल आयल निगम

आइबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल १९२ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.