राजनीति

हरिशरणको नेतृत्वमा स्वतन्त्र राष्ट्रिय सञ्जाल, देशैभर उम्मेदवारी दिने तयारी

काठमाडौं महानगरपालिका, धरान र कैलालीका नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारहरु ठूलो मतसहित विजयी भएपछि आगामी संघीय संसदको चुनावमा स्वतन्त्र रुपमा चुनाव लड्नेहरुको सञ्जाल नै गठन हुन थालेको छ ।

यस क्रममा चर्चित रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौं उपत्यकाकासहित देशका विभिन्न क्षेत्रमा उम्मेदवारहरु तय भएको र देशभर स्वतन्त्र संजाल गठनको प्रक्रिया रहेको जानकारी दिनुभएको छ ।

लामिछानेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको र आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताउनुभएको छ ।

त्यसै गरी स्वतन्त्र सञ्जालबीच काठमाडौं १ मा पुकार बम, काठमाडौं ५ मा रञ्जु दर्शना, काठमाडौं ८ मा सुमन सायमीले र विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

लामिछानेले सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गर्ने स्पष्ट पार्दै यस विषयमाा असार १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.