जन सरोकार

अपरिचित व्यक्तिलाई आफ्नो ब्लु बुक नदिनुहोला

आजभोलि सवारी कर, ब्लु बुक नवीकरण लगायतको सेवा उपलब्ध गराउने व्यक्तिहरु थुप्रै छन् । केही निश्चित शुल्क लिएर उनीहरुले यो काम गर्दा आयआर्जनको बाटो त खुलेको छ तर, कतिपयले भने यो कामलाई कीर्ते धन्दा बनाएका छन् ।

ब्लु बुक नवीकरण लगायतका कामका लागि लिएर गएका व्यक्तिहरुले कीर्ते गरेको पाइएपछि अहिले प्रहरीले अपरिचित व्यक्तिलाई आफ्नो सवारी दर्ता किताब (ब्लुबुक) नदिन अनुरोध गरेको छ ।

नेपाल प्रहरीले राजधानी काठमाडौँमा ब्लुबुकमा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको हो ।

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताउनुभयो ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका उहाँले राससलाई बताउनुभयो ।

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.